दफा ३६
मतियार हुन नहुने

(१) कुनै व्यक्ति कुनै कसूरको मतियार हुनु हुँदैन ।
(२) कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पु¥याउने वा कसूर गरिसकेपछि कसूरदारलाईभगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पु¥याउने व्यक्तिमतियार मानिनेछ ।
(३) मतियारलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) आपराधिक षड्यन्त्रमा संलग्न भई कसूर गर्ने, साधन वा ठाँउ उपलव्ध गराइदिने, जसको बिरुद्ध कसूर गरिएकोहो त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट बञ्चित गराउने वा कसूर गर्न आदेश वा सल्लाह दिनेलाईत्यस्तो कसूर निजले गरे सरहको सजाय,
(ख) खण्ड (क) मा लेखिएको बाहेक अन्य मतियार भए कसूर भए गरेको काममा निजको संलग्नताको मात्रा अनुसारत्यस्तो कसूर गरे बापत हुने सजायको बढीमा आधासम्म सजाय।